ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बीमितलाई गुराँस लाइफद्वारा साढे ५२ लाख भुक्तानी

२०७९ साउन, १३  
बजार
Image Not Found

काठमाडौं (अस) । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले झापाका बीमितलाई साढे ५२ लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले भद्रपुर नगरपालिका–८ का सुदेश राईको परिवारलाई ५२ लाख ५५ हजार रुपैयाँ भुक्तानी गरेको हो । सुदेशको मृत्यु भएपछि उनको परिवारलाई उक्त भुक्तानी गरिएको कम्पनीले जानकारी दिएको छ । राईले ५० लाख रुपैयाँ बराबरको जीवन बीमा गरेका थिए । कम्पनीले राईकी पत्नी रुबिना तामाङलाई बीमांक र बोनससहितको उक्त रकम हस्तान्तरण गरेको कम्पनीको भनाइ छ ।

कम्पनीका प्रबन्धक एव क्षेत्रीय प्रमुख गिरधर श्रेष्ठले व्यक्तिको मृत्युको अपुरणीय क्षतिको भरपाई नहुने, तर बीमाबाट प्राप्त रकमले आश्रित परिवारलाई सहयोग पुग्ने बताए ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement