ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

आईक्यान अवार्डबाट बुटवल पावर कम्पनी सम्मानित

२०७९ साउन, १३  
बजार
Image Not Found

काठमाडौं (अस) । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले बुटवल पावर कम्पनीलाई सम्मान गरेको छ । साधारण क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१ अवार्ड’बाट संस्थाले कम्पनीलाई सम्मान गरेको हो । आईक्यानले आर्थिक वर्ष २०२०/२१ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको जानकारी दिएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा महालेखा नियन्त्रक सुमनराज अर्याल र आईक्यानका अध्यक्ष युद्धराज ओलीले संयुक्त रूपमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरेका थिए । अवार्डले आगामी दिनहरूमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको कम्पनीले बताएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement