ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नेपालमा बीवाईडी गाडीको मूल्यमा वृद्धि

२०७९ साउन, १३  
बजार
Image Not Found

काठमाडौं (अस) । नेपालका लागि बीवाईडी गाडीको आधिकारिक विक्रेता साइमेक्स इंक प्रालिले बीवाईडी गाडीको मूल्य बढाएको छ । विगत दुई महीनादेखि गाडीको मूल्य समायोजन गर्नुपर्ने अवस्था आएकाले मूल्य बढाइएको कम्पनीले बताएको छ ।

कम्पनीले बीवाईडी ई–सिक्सको मूल्य १ लाख ५० हजार रुपैयाँले बढाउँदै ५९ लाख रुपैयाँ कायम गरेको छ । त्यस्तै एमथ्री मल्टीपर्पोज भ्यानको मूल्य १ लाख २ हजार रुपैयाँ बढाएर ४५ लाख ५२ हजार रुपैयाँ काम गरिएको छ ।

डलरको भाउ बढेसँगै चीनलगायत मुलुकबाट आउने गाडीको मूल्य समेत बढेकाले मूल्य समायोजन गर्नुपरेको कम्पनीको भनाइ छ । ‘नेपाली बजारमा देखिएको समस्याका कारण मूल्य स्थिर राख्ने प्रयास गरिएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

गाडीको मूल्य कायम गर्दाको डलरको मूल्य र अहिलेको मूल्यमा ७ प्रतिशतको फरक रहेकाले मूल्य समायोजन गरिएको कम्पनीले बताएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले बीवाईडी ई–सिक्स सार्वजनिक गर्दाकै मूल्यमा विक्री भइरहेको बताए । ‘हामीले सन् २०२१ मा नेपालमा बीवाईडी ई–सिक्स सार्वजनिक गर्दा जुन मूल्य तोकेका थियौं, निरन्तर त्यसमै विक्री गरिरहेका थियौं,’ श्रेष्ठले भने, ‘तर पछिल्लो १५/१६ महीनामा डलरको विनिमय दरमा व्यापक वृद्धि भएकाले मूल्य बढाउनु परेको हो ।’ यसअघि नै बुकिङ गरेका ग्राहकले भने पुरानै मूल्यमा गाडी पाउने उनले बताए ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement