काठमाडौं (अस) । साधारण शेयर निष्कासन तथा विक्री प्रबन्धकको कार्य गर्ने सम्बन्धमा प्रभु क्यापिटल र मेगाश्री फर्मास्यूटिकल्सबीच सम्झौता गरिएको छ । दुई संस्थाबीच बुधवार उक्त सम्झौता गरिएको हो ।
ओम मेगाश्री फर्मास्यूटिकल्सले औषधि उत्पादनको क्षेत्रमै पहिलोपटक सर्वसाधारणमा शेयर जारी गर्ने निर्णय गरेको अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिए । सम्झौतापत्रमा कम्पनीका अध्यक्ष श्रेष्ठ र क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । कम्पनीको औषधि उत्पादन गर्ने उद्योग भरतपुर–२९ चितवनमा रहेको छ । कम्पनीले यूरोपियन गुड्स म्यानुफ्याक्चरिङ प्राक्टिस स्ट्यान्डर्ड अनुसार औषधि उत्पादन गर्दै आएको बताइएको छ ।