काठमाडौं (अस) । नेपालका लागि ड्याट्सन गाडीको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले ‘ड्याट्सन रेडी गो मनसुन अफर’ सार्वजनिक गरेको छ । उक्त अफरमा २ लाख ५० हजार रुपैयाँसम्म नगद छूट पाइने र चालू आर्थिक वर्षका लागि बीमा समावेश गरिएको कम्पनीले जानकारी दिएको छ । अफर अन्तर्गत ग्राहकले तीन वर्षको वारेन्टी र तीन वर्षको सर्भिसिङ सुविधा पाउनेछन् । कम्पनीका सबै शोरूममा सो अफर लागू हुने बताइएको छ ।