ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सयपत्री हाइड्रोपावरको आईपीओ विक्री खुला 

२०७९ साउन, १३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १३, काठमाडौं ।  सयपत्री हाइड्रोपावर लिमिटेडले आज (साउन १३ शुक्रवार) देखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । 

कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्कासन गर्न लागेको हो ।  यसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर समूहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ  भने बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

उक्त आईपीओमा प्रतिकित्ता रू.१०० का दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म साउन १७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा माग बमोजिम आवेदन नपरेमा साउन २७ गतेसम्म थप हुनेछ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलसँगै सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै, मेरो शेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । 

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्ता पूँजी रू. २१ करोड रहेको छ । आईपीओ निष्कासन बाँडफाँटपश्चात् पूँजी रू.३० करोड पुग्नेछ । 

सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement