ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

असार महीनामा सिद्धार्थ इक्वीटी फण्डको न्याभ रू. १०.९२

२०७९ साउन, १३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १३, काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्डले सम्पत्ति मूल्य विवरण (न्याभ) शुक्रवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार फण्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) जेठ महीनाको तुलनामा असार महीनामा बढेको छ । जेठ मसान्तसम्ममा फण्डको न्याभ रू. १० दशमलव ६४ रहेकोमा असार महीनामा रू. १० दशमलव ९२ कायम भएको हो । 

त्यसैगरी फण्ड असार महीनामा पनि घाटामा रहेको छ । फण्ड जेठ मसान्तसम्ममा रू. ५५ करोड ६४ लाख नोक्सानीमा थियो भने जेठ महिनामा ५१ करोड ३६ लाख नोक्सानीमा रहेको छ ।
जेठ मसान्तसम्ममा फण्डको जम्मा खर्च रू. ३ करोड ४१ लाख थियो भने असार मसान्तसम्म फण्डको खर्च बढेर ३ करोड ६८ लाख पुगेको छ । 

त्यसैगरी असार मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. ४७ करोड ६८ लाख घाटामा रहेको छ । गत महिनामा पनि फण्डको जम्मा आम्दानी रू. ५२ करोड २२ लाख घाटामा थियो । 

असार मसान्तसम्म फण्डको जम्मा सूचीकृत शेयरमा लगानी रू. १ अर्ब २८ करोड १३ लाख रहको छ । उक्त लगानी जेठ महीनामा रू. १ अर्ब २७ करोड ४५ लाख थियो । फण्डको मुद्दती निक्षेपमा रू. १३ करोड रहेको छ । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement