ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

असार मसान्तसम्म एनआईबिएल प्रगति फण्डको सूचीकृत शेयरमा लगानी ४९ करोड ५० लाख  

२०७९ साउन, १३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १३, काठमाडौं । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले असार मसान्तसम्म सूचीकृत शेयरमा रू. ४९ करोड ५० लाख लगानी गरेको छ । फण्डले शुक्रवार सार्वजनिक गरेको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण अनुसार जेठको तुलनामा असारमा सूचीकृत शेयरमा लगानी बढेको हो । जेठ मसान्तसम्म रू. ४८ करोड ६६ लाख लगानी गरेको थियो । 

त्यस्तै जेठ मसान्तको तुलनामा असारमा फण्डको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) पनि बढेको छ । जेठमा रू. १० दशमलव ३० थियो भने असार महीनामा १० दशमलव ४२ रहेको छ । 
त्यस्तै फण्डको नोक्सानी जेठ महीनाको तुलनामा घटेको छ । जेठ  महीनामा २१ करोड ९२ लाख नोक्सानीमा रहेको फण्ड असारमा घटेर २० करोड ९८ लाखमा झरेको हो ।

फण्ड जेठ मसान्तसम्म २० करोड २८ लाख जम्मा नोक्सानमी रहेको असारमा सो नोक्सानी घटेर १९ करोड २० लाखमा झरेको छ । त्यस्तै फण्डको जम्मा खर्च १ करोड ७८ लाख रहेको छ । जेठ महीनामा फण्डको खर्च १ करोड ६४ लाख थियो । 

वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोला

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement