साउन १३, काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजना (खुलामुखी) ले असार मसान्तसम्मको खुद मुल्य विवरण (न्याभ) सार्वजनिक गरेको छ । योजनाले शुक्रवार उक्त विवरण सार्वजनिक गरेको हो ।
उक्त विवरण अनुसार असार महीनामा योजनाको न्याभ बढेको छ । जेठ महीनामा रू.७ दशमलव ९९ रहेको न्याभ असारमा रु. ८ दशमलव शून्य ८ रहेको छ ।
त्यसैगरी योजना असार महीनामा पनि घाटामा रहेको छ । योजना जेठ मसान्तसम्ममा रू. ४ करोड २४ लाख नोक्सानीमा थियो भने असार महीनामा ४ करोड ३ लाख नोक्सानीमा रहेको छ ।
जेठ मसान्तसम्ममा योजनाको जम्मा खर्च रू. ५० लाख थियो भने असार मसान्तसम्म फण्डको खर्च बढेर ५३ लाख पुगेको छ ।
त्यसैगरी असार मसान्तसम्ममा योजनाको जम्मा नोक्सानी रू. ३ करोड ४९ लाख रहेको छ । गत महिनामा पनि योजना ३ करोड ७४ लाख जम्मा नोक्सानीमा थियो ।
असार मसान्तसम्म फण्डको सूचीकृत शेयरमा लगानी रू. १३ करोड ६ लाख रहेको छ । उक्त लगानी जेठ महीनामा रू. १२ करोड २ लाख थियो । योजनाको मुद्दती निक्षेपमा रू. ३ करोड रहेको छ ।
वित्तीय वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोला