ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सम्भावित जोखिम शीर्षकमा बढी रकम छुट्याउँदा आशा लघुवित्तको नाफामा असर 

२०७९ साउन, १३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १३, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १२ करोड ३५ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सो अवधिसम्म १२ करोड ३० लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत आर्थिक वर्षमा शून्य दशमलव ४४ प्रतिशत बढी मात्र खुद नाफा गरेको हो ।

गत आवमा सम्भावित जोखिम शीर्षकमा बढी रकम छुट्याएकाले कम्पनीको नाफा वृद्धिमा असर परेको देखिन्छ । अघिल्लो आवमा ८३ लाख ८ हजार रूपैयाँ मात्र सम्भावित जोखिम शीर्षकमा छुट्याएको कम्पनीले गत आवमा ४ करोड ९९ लाख रूपैयाँभन्दा बढी यो शीर्षकमा रकम छुट्याएको छ, जसका कारण सञ्चालन नाफा अघिल्लो आवको तुलनामा करिब ४ प्रतिशत कम भएको छ । अघिल्लो आवमा १९ करोड ४८ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत आवमा १८ करोड ७२ लाख रूपैयाँभन्दा बढी मात्र सञ्चालन नाफा गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ३३ करोड ३९ लाख १४ हजार रूपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष रकम भने अघिल्लो वर्षभन्दा १२१ दशमलव ३३ प्रतिशत बढी २१ करोड ९२ लाख रूपैयाँ कायम भएको छ । २ अर्ब ७७ करोड रूपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले ५ अर्ब ३१ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत आवको चौथो त्रैमाससम्म कम्पनीले १ अर्ब ७३ करोड ४ लाख रूपैयाँ निक्षेप संकलन गरेको छ । गत आवमा अघिल्लो आवको तुलनामा कम्पनीको कर्जा सापटी २६ दशमलव १३ प्रतिशत र कर्जा प्रवाह ३० दशमलव ९९ प्रतिशत बढेको हो भने निक्षेप संकलन ३४ दशमलव ६२ प्रतिशत बढी भएको हो ।

अघिल्लो आवमा ३ दशमलव ८० प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष ३ दशमलव ८५ प्रतिशत पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३७ रूपैयाँ १ पैसा र प्रतिशेयर नेटवर्थ १६५ रूपैयाँ ६७ पैसा छ ।

रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement