ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मिर्मिरे लघुवित्तले एक वर्षमा कमायो २१ करोड नाफा

२०७९ साउन, १३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १३, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा २० करोड ८१ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद नाफा ८ प्रतिशत वृद्धि भएको हो । अघिल्लो आवमा कम्पनीको खुद नाफा १९ करोड २७ लाख रूपैयाँभन्दा बढी थियो ।

गत आवमा सञ्चालन नाफा भने १५ दशमलव ४४ प्रतिशत बढी भएको छ । अघिल्लो आवमा २८ करोड ६२ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत आवमा ३३ करोड ४ लाख रूपैयाँभन्दा बढी यो नाफा गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ५२ करोड २० लाख ८५ हजार रूपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष रकम ७९ दशमलव ७१ प्रतिशत वृद्धि भई ४५ करोड १९ लाख रूपैयाँभन्दा बढी कायम भएको छ । गत आवमा कम्पनीले ५ अर्ब ६७ करोड रूपैयाँ सापटी लिई, २ अर्ब ७४ करोड रूपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ८३ करोड रूपैयाँभन्दा बढी कर्जा लगानी गरेको थियाे।  

अघिल्लो आवमा १ दशमलव ९९ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आवमा १ दशमलव ६५ प्रतिशतमा झरेको छ । गत आवकाे चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ३९ रूपैयाँ ९९ पैसा र प्रतिशेयर नेटवर्थ १८६ रूपैयाँ ५६ पैसा छ ।

रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement