ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

काठमाडौंका लागि उडेको यतीकाे जहाज ६ मिनेटमै पोखरा फर्काइयो

२०७९ साउन, १३  
समाचार
Image Not Found

साउन १३, काठमाडौं । पोखराबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको जहाज पुन: पोखरा फर्किएको छ । 

शुक्रवार विहान इन्जिन इन्डिकेटरमा समस्या देखिएपछि उडेको ६ मिनेटमै जहाजलाई पोखरा फर्काइएको हाे । यतिको कलसाइन नाइन एन एएनजीको एटीआर-७२ जहाजको बायाँ इन्जिनको इन्डिकेटरमा खराबीको संकेत देखिएपछि पोखरा नै फर्काएर जाँच भइरहेको एयरलाइन्सले जनाएको छ।

उक्त जहाजमा ४५ जना यात्रु थिए । यात्रुलाई अर्को जहाजमा काठमाडौं पठाउने व्यवस्था गरिएको एयरलाइन्सले जनाएको छ ।


 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement