ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

रिलायबल नेपाल लाइफद्वारा एक वर्षमा ३ अर्बभन्दा बढी कुल बीमाशुल्क आर्जन 

२०७९ साउन, १३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १३, काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले ३ अर्ब ९७ करोड रूपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा गत वर्ष ३१ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको हो । अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीले ३ अर्ब १ करोड रूपैयाँभन्दा बढी मात्र कुल बीमाुशल्क आर्जन गरेको थियो ।
गत वर्ष कुल दाबी भुक्तानी रकम ५६ दशमलव ५१ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष ७५ करोड ५ लाख रूपैयाँभन्दा बढी कुल दाबी भुक्तानी गरेको कम्पनीले गत वर्ष १ अर्ब १७ करोड रूपैयाँभन्दा बढी कुल दाबी भुक्तानी गरेको हो ।
कम्पनीले एक वर्षमा २७ करोड ४८ लाख रूपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष २२ करोड ५९ लाख रूपैयाँ खुद नाफा गरेको कम्पनीले गत वर्ष २१ दशमलव ६५ प्रतिशत बढी यो नाफा गरेको हो । कम्पनीको आम्दानी अघिल्लो वर्षभन्दा ३६ दशमलव ३६ प्रतिशत बढी ४० करोड ९५ लाख रूपैयाँ रहेको छ भने जम्मा खर्च ८० दशमलव ९१ प्रतिशत बढी १३ करोड ४६ लाख रूपैयाँ रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रहेको छ । सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी कम्पनीले गरेको छ । यस कम्पनीलाई बीमा समितिको निर्देशन बमोजिम ५ अर्ब रूपैयाँ चुक्तापूँजी पु¥याउनुपर्ने बाध्यता छ । कम्पनीको जगेडा कोष रकम २९ दशमलव ३३ प्रतिशत बृद्धि भई १ अर्ब ९ करोड रूपैयाँभन्दा बढी कायम भएको छ । कम्पनीको जीवन बीमा कोष रकम भने ७८ दशमलव १३ प्रतिशत बढेर ४ अर्ब ६० करोड रूपैयाँभन्दा बढी पुगेको छ । बीमालेख धितोको कर्जा अघिल्लो वर्षभन्दा १३५ दशमलव ८३ प्रतिशत बढी १४ करोड ८१ लाख रूपैयाँ प्रवाह भएको छ ।

सूचना हर्न यँहा क्लिक गर्नुहोस 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement