ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

श्रृजनशील लघुवित्त वित्तीय संस्थाको नाफा ३४.६२ प्रतिशत घट्यो

२०७९ साउन, १३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १३, काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको गत आवकाे खुद नाफा अघिल्लो आवको तुलनामा ३४ दशमलव ६२ प्रतिशत घटेको हो । कम्पनीले अघिल्लो आवमा रू. ६ करोड ५७ लाख नाफा कमाएकोमा गत आवमा रू. ४ करोड २९ लाखमा झरेको हो ।

कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याउँदा सञ्चालन नाफा घटेसँगै नाफा घटेको हो । कम्पनीले अघिल्लो आवमा सम्भावित जोखिम बापतको व्यवस्थामा रू. १ करोड ६३ लाख छुट्याएकोमा गत आवमा रू. २ करोड २६ लाख छुट्याएको छ ।

सोही कारण कम्पनीको सञ्चालन नाफा २१ प्रतिशत घटेको छ । कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ भने जगेडामा रू. १३ करोड ८९ लाख सञ्चित गरेको छ । गत आवमा कम्पनीले रू. १ अर्ब १६ करोड सापटी लिई र  रू. ८२ करोड ४५ लाख निक्षेप संकलन गरी रू. २ अर्ब २६ करोडभन्दा बढी कर्जा लगानी गरेको थियाे । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement