ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नबिल इक्वीटी फण्डको सूचीकृत धितोपत्रकाे लगानी घट्याे, न्याभ बढ्याे

२०७९ साउन, १३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १३, काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्डको सूचीकृत धितोपत्रकाे लगानी घटेकाे छ ।

शुक्रवार सार्वजनिक गरिएकाे गत असार मसान्तसम्मकाे खुद सम्पत्ति मूल्य विवरण अनुसार फण्डको सूचीकृत धितोपत्रकाे लगानी गत जेठको तुलनामा असारमा घटेकाे हाे । फण्डले जेठ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ९३ करोड ७८ लाख लगानी गरेकाे थियाे । असार मसान्तसम्ममा उक्त लगानी रू. ९० करोड ९० लाख झरेको छ । 

फण्डको न्याभ भने बढेको छ । जेठ मसान्तसम्ममा फण्डको न्याभ रू. १० दशमलव ४५ रहेकोमा असार मसान्तसम्ममा रू. १० दशमलव ५९ पुगेको हो ।

फण्डको नोक्सानी भने घटेको छ । फण्डले असार मसान्तसम्ममा रू. ४२ करोड ३५ लाख नोक्सानीमा व्यहोरेको छ । जेठ मसान्तसम्ममा फण्डकाे नाेक्सानी रू. ४४ करोड १५ लाख थियो ।  

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement