ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

दुई दिनमा १६ सय बढ्यो सुनको भाउ, तोलामा कति पुग्यो ? 

२०७९ साउन, १३  
बजार समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १३, काठमाडौं । पछिल्लो दुई दिनमा नेपाली बजारमा सुनको भाउ १६ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलाको ९५ हजार ६०० रूपैयाँ तोकिएको छ । 

गत बुधवार तोलाको ९४ हजार रूपैयाँ कायम भएको सुनको मूल्य त्यसयता दुई दिन लगातार बढेको थियो । गत बिहीवार प्रतितोला ८०० रूपैयाँ बढेको सुनको मूल्य शुक्रवार पनि सोही दरमा बढेको हो । 

पछिल्लो दुई दिनयता चाँदीको मूल्य पनि तोलाको ६५ रूपैयाँ बढिसकेको छ । गत बुधवार तोलाको १ हजार १५५ रूपैयाँ तोकिएको चाँदी शुक्रवार १ हजार २२० रूपैयाँ पुगिसकेको छ । 

न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा शुक्रवार बिहानी कारोवारदेखि नै सुनको भाउ उकालो लाग्न थालेको हो । यस दिन कोमेक्स डिभिजनमा सुनको भाउ प्रतिऔंस अधिकतम १ हजार ७६७ डलर ५६ सेन्ट पुग्दा न्यूनतम १ हजार ७५० डलर ७९ सेन्टमा कारोवार भएको थियो । यो समाचार तयार पार्दाखेरी (नेपाली समयअनुसार शुक्रबार १२ः४५ बजे) कोमेक्स डिभिजनमा सुनको मूल्य प्रतिऔंस १ हजार ७६४ डलर ९९ सेन्ट रहेको छ । 

यस दिन अमेरिकी डलरको विक्रीदर भने घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस दिन १ अमेरिकी डलरको विक्रीदर १२७ रूपैयाँ ९२ पैसा कायम छ । विहीवार अमेरिकी डलरको विक्रीदर १२८ रूपैयाँ १४ पैसा कायम छ ।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement