ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

लक्ष्मी इक्वीटी फण्डको घट्यो नाफा

२०७९ साउन, १३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १३, काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित लक्ष्मी इक्वीटी फण्डकाे नाफा घटेकाे छ ।

शुक्रवार सार्वजनिक गरिएकाे फण्डकाे गत असार मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण अनुसार पछिल्लाे महीनामा फण्डको नाफा घटेकाे हाे । फण्डले जेठ मसान्तसम्ममा रू. १३ करोड ५७ लाख नाफा कमाएकोमा असार मसान्तसम्ममा रू. १ करोड ३९ लाखमा झरेको हो ।

असारमा फण्डको आम्दानी घटेकाले नाफा घटेको बताइएकाे छ । जेठ मसान्तसम्ममा फण्डको आम्दानी रू. १५ करोड ८५ लाख रहेकोमा असार मसान्तसम्ममा घटेर रू. ४ करोड ९ लाखमा झरेको छ ।

नाफा घटेसँगै फण्डको न्याभ पनि घटेको छ । जेठ मसान्तसम्ममा फण्डको न्याभ रू. ११ दशमलव ५० रहेकोमा असार मसान्तमा रू. १० दशमलव ५२ कायम भएको हो ।

सूचीकृत धितोपत्रमा फण्डकाे लगानी पनि घटेकाे छ । फण्डले असार मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ७८ करोड १ लाख लगानी गरेको छ । यो लगानी जेठ मसान्तसम्ममा रू. ९४ करोड ४० लाख थियो । 

रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस् 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement