ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

२१४०.५२ विन्दुमा नेप्से, २ अर्ब १९ करोड बराबरको शेयर किनबेच

२०७९ साउन, १३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन १३, काठमाडौं । साताको अन्तिम कारोवार दिन शुक्रवार नेप्से परिसूचक १३ दशमलव शून्य ५ अंक  बढेको छ ।

यस दिन नेप्से परिसूचक २ हजार १४० दशमलव ५२ विन्दुमा पुगेको हो ।  विन्दुमा पुगेको हो । यस दिन कारोवारमा आएका २१६ धितोपत्रको ५१ लाख ११ हजार ३१० कित्ता शेयर ३४ हजार ९६० पटकमा रू. २ अर्ब १९ करोड १६ लाख १९ हजार ९१४ मा खरीदविक्री भएको छ ।

कारोबारमा आएका धितोपत्रमध्ये राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोवार दिनको तुलनामा १० प्रतिशत बढेसँगै सकारात्मक सर्किट लागेको हो ।

कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता रू. १ हजार २८८ दशमलव ३० पुगेको छ । त्यसैगरी, दोस्रोमा लुम्बिनी विकास बैंकको शेयर मूल्य ८ दशमलव ८४ प्रतिशत बढेर रू. ४२९ दशमलव ९० पुगेको हो ।

शुक्रवार बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीकाे शेयर मूल्य सर्वाधिक घटेकाे छ । कम्पनीकाे शेयर मूल्य ३ दशमलव ४८ प्रतिशत घटेर प्रतिकित्ता रू. ४१३ दशमलव १० मा झरेको हो ।

याे सूचीमा दोस्रोमा जोशी हाइड्रोपावरको शेयर मूल्य छ । कम्पनीकाे शेयर मूल्य २ दशमलव ५६ प्रतिशत घटेर रू. २२८ कायम भएको छ । 

यस दिन सर्वाधिक शेयर खरीदविक्री शिवम् सिमेन्ट भएको छ । कम्पनीको रू. १२ करोड ८६ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७९८ कायम भएको छ ।

याे सूचीमा दोस्रोमा लुम्बिनी विकास बैंक छ । यस दिन बैंककाे रू. ९ करोड ३४ लाख बराबरको शेयर खरीदविक्री भएकाे छ ।

शुक्रवार काराेवारमा आएका १३ समूहगत परिसूचकमध्ये निर्जीवन बीमा समूहको परिसूचक शून्य दशमलव १७ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ८२ प्रतिशत र हाइड्रोपावर समूहको परिसूचक शून्य दशमलव ३७ प्रतिशत घटेको छ । बाँकी सबै समूहको समूहगत परिसूचक बढेको छ । समूहगत परिसूचक बढ्नेमा सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक ४ दशमलव ६१ प्रतिशत बढेको छ । त्यसैगरी दोस्रोमा होटल एण्ड टुरिजम समूहको परिसूचक ४ दशमलव २६ प्रतिशत बढेको छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement