ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एसपीपी अघि नबढाउने व्यहाेराकाे पत्र अमेरिकालाई साउन ९ गते नै पठाइएकाे छ : परराष्ट्रमन्त्री

२०७९ साउन, १३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १३, काठमाडाैं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकाको ‘स्टेट पार्टनरसीप प्रोग्राम’लाई अघि नबढाउन नसकिने व्यहोरा सहितको पत्र साउन ९ गते नै पठाइसकेको बताएका छन् ।

शुक्रवार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खड्काले एसपीपी अघि नबढाउने निर्णय मन्त्रिपरिषदले गरिसकेको दाबी गर्दै सोही अनुसार परराष्ट्र मन्त्रालयले प्रक्रिया अघि बढाइसकेको बताएका हुन्।

‘साउन ९ गते कुटनीतिक माध्यमबाट नेपालले एसपीपी अघि नबढाउने निर्णयसहितको लिखित जानकारी अमेरिकी सरकारलाई गराइसकेको छ,’ उनले बैठकमा भने ।
तर, नेकपा एमाले सहितका दलका नेताले साउन ९ मा अमेरिकालाई पठाएको व्यहोरा सहितको पत्र संसदमा प्रस्तुत हुनुपर्ने माग गरेका छन् । सोही मागलाई इंगित गर्दै मन्त्री खड्काले कूटनीतिक पत्र सार्वजनिक गर्न नमिल्ने बताएका छन् ।  
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement