ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मर्जर प्रक्रियामा रहेकाे रिलायन्स लाइफको कसरी भयो कारोवार ? नेप्से भन्छ- अनुसन्धान थाल्याैं

२०७९ साउन, १३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १३, काठमाडौं । मर्जर प्रक्रियामा रहेको रिलायन्स लाइफ इन्स्योरेन्सको शुक्रवार शेयर कारोवार भएको छ । नेप्सेले असार २९ गतेदेखि सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडसँगको मर्जर प्रक्रियाका कारण कम्पनीको शेयर कारोवार रोक्का गरेको थियो । 

शुक्रवार कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको प्लोरसिटमा देखिएपछि कम्पनीको शेयर कारोवार भएको पत्ता लागेको हो । यस विषयमा नेप्सेले काराेवार रोक्का गरी अनुसन्धान शुरू गरेको जनाएको छ ।

शुक्रवार कम्पनीको २ लाख २४ हजार १२६ बराबरको ६१० कित्ता शेयर कारोवार भएको देखिएको छ ।

कारोवार भएको शेयरबारे अनुसन्धानपछि मात्र निर्णय लिन सकिने नेप्सेले जानकारी दिएको छ ।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement