ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

उपत्यकामा गुँला पर्वको रौनक, स्वयम्भूमा बाजागाजासहित श्रद्धालुको लावालस्कर (फोटो फिचर)

२०७९ साउन, १३  
फोटो फिचर
Image Not Found
author avatar सुनिल शर्मा

साउन १३, काठमाडौं । कोही बाँसुरी बजाउँदैछन् त कोही भुस्या । कोही भने धिमेको धुनमा मग्न देखिन्छन् । 

काठमाडौं उपत्यकाको बौद्ध धर्मावलम्बी भएको बस्तीमा शुक्रवार यस्तै दृश्य देखियो । बौद्ध धर्मावलम्बीहरू बस्तीमा रहेका विहारमा जम्मा भए । र, बाजागाजासहित स्वयम्भू पुगे । त्यसपछि धर्मग्रन्थ पाठ गरे । कारण थियो– गुँला पर्व । 

बौद्ध धर्म मान्ने नेवार समुदायले हरेक वर्षको एक महीना (साउन शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदा)सम्म यो पर्व मनाउँछन् । त्यो अवधिमा हरेक दिन उनीहरू बाजागाजासहित स्वयम्भू पुग्ने गर्छन् । 

यसक्रममा जुन बाजा बजाइन्छ, त्यसलाई नै गुँला बाजा भनिन्छ ।

पर्वका अवसरमा बौद्ध धर्मावलम्बीले धर्मग्रन्थ पाठसमेत गर्छन् । 

उपत्यकाका बौद्ध धर्मावलम्बीहरू स्वयम्भूसँगै चोभारस्थित मत्स्येन्द्र नाथ मन्दिर, मन्जुश्री, गोल्डेन टेम्पललगायत विहार वा महाविहार गई पूजा गर्छन् । 

यो पर्वका सम्बन्धमा एक किम्बदन्ती छ– साउन महीनामा गौतम बुद्धले वर्षावास बिताएका थिए । त्यसकै सम्झनामा पर्व मनाउन थालिएको हो । साउनमा वर्षा हुने र त्यसका कारण आउने बाढीपहिरोबाट क्षति नहोस् भनेर पर्व मनाउने मान्यता रहेको संस्कृतिविद् बताउँछन् । 

पर्वमा वर्षभर निधन भएका व्यक्तिको नामबाट श्रृङ्भेदी अर्थात् भैंसीको सिङबाट बनेको बाजा बजाएर स्वयम्भू पुग्नेहरू पनि हुन्छन् । 

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement