ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मौद्रिक नीति त्यति सहज छैन, यसले ब्याजदरलाई वृद्धि गर्छ : अध्यक्ष गोल्छा

२०७९ साउन, १४  
समाचार
Image Not Found
फाइल फोटो
author avatar अभियान संवाददाता

 साउन १४, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति उद्योगी व्यवसायीहरुका लागि सहज नभएको बताएका छन् ।

शुक्रवार २८औं कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्ड एशोसिएशन (नेफा) ले आयोजना गरेको कार्यक्रममा बोल्दै  उनले नयाँ मौद्रिक नीति कसिलो आएको र यो मौद्रिक नीति उद्योगी व्यवसायीहरुका लागि सहज छैन भने । उनले मौद्रिक नीतिले अहिलेको भन्दा अझ बढी बैंकिङ ब्याजदरलाई वृद्धि गर्ने पनि बताए ।

उनले भने,  ‘बजारमा विद्यमान रहेको तरलता अभावलाई बढाउँछ । तर हामीलाई के विश्वास छ भने यो नीति छोटो समयका लागि मात्रै हुन्छ । दीर्घकालीन रुपमा यो मौद्रिक नीतिले सम्बोधन गर्ने निजी क्षेत्रले विस्वास पनि लिएको छ ।’

अध्यक्ष गोल्छाले मौद्रिक नीतिले व्यवसायीका लािग त्यति सहज नभए पनि औधोगिक उत्पादनका लागि बैंक ब्याजदरमा छूट दिने व्यवस्था उत्साहजनक रहेको बताए । उनले अहिले अर्थतन्त्रमा देखिएका समस्या पनि धेरै लामो समयसम्म भने नरहने दाबी गरे ।

उनले आगामी वर्ष ५ प्रतिशतले रेमिट्यान्स बढ्न सके व्यापार घाटा, भुक्तानी सन्तुलन वा शोधनान्तर स्थितिमा सुधार आउने बताए । उनले पछिल्लो छ महीनामा मात्रै २३० प्रतिशत नेपाली श्रमिक विदेश गइरहेकाले रेमिट्यान्स बढ्नसक्ने पनि बताए।

अध्यक्ष गोल्छाले पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा वस्तुहरुको मूल्य घट्दै आएकाले नेपालको व्यापार घाटा कम हुने आशा आफूले गरेको बताए । उनका अनुसार पछिल्लो छ महीनाको तथ्यांक हेर्दा नेपालमा विदेशी लगानी ७ प्रतिशतले बढेको छ । उनले कोरोना महामारीको बेला शून्यमा आएको पर्यटन व्यवसाय अहिले चलायमान भएको भन्दै भिजिट नेपाल २०२० मा सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य अबको एक दुई वर्षमा पूरा हुने बताए ।

उनका अनुसार पछिल्लो समय नेपालको निर्यात उत्साहजन रुपमा बढेको छ । विद्युत्, सिमेन्ट र फलाम जस्ता सामान निर्यात शुरु हुनु अर्थतन्त्र सुधारको सकारात्मक संकेत रहेको छ। पछिल्लो समय विश्व बैंक, एशियाली विकास बैंकहरुले नेपालको विकास निर्माणमा लगानी प्रतिवद्धता बढ्दै गएकाले अहिले देखिएको अर्थतन्त्रको समस्या पनि क्रमशः सुधार हुँदै जान्छ ।
अर्थतन्त्रमा देखिने समस्या दीर्घकालिन रुपमा समाधान गर्नको लागि मुलुकमा उत्पादन बढाएर निर्यात बढाउने र उत्पादनमा लाग्ने कस्ट अफ डुइङ बिजनेस घटाउनु पर्ने उनको भनाइ छ ।

अध्यक्ष गोल्छाले राष्ट्रिय उत्पादन बढाउन र उत्पादनमा लाग्ने लागत कम गर्न सकेनौं भने अर्थतन्त्रमा अहिले देखिएका समस्या बारम्बारदेखि रहने बताए । सरकारले बनाएका हेरक सुख्खा बन्दरगाहहरुमा रेल्वे सेवा जडान नभएसम्म बन्दरगाहको कुनै अर्थ नभएको उनले बताए । अध्यक्ष गोल्छाले देशैभर बन्ने बन्दरगाहमा रेल्वे सेवा र लजिष्ट्रिक लागत घटाउन नसकेसम्म औद्योगिक उत्पादन पनि बढ्न नसक्ने दाबी गरे ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले प्रतिनिधि सभाको बजेट अधिवेशनबाट नै आर्थिक ऐनहरु संसदबाट पास गर्नुपर्ने बताए । धेरै आर्थिक ऐनहरु संसदमा विचाराधिन अवस्थामा रहेको भन्दै यही बजेट अधिवेशनबाट पास गर्नुपर्ने उनको भनाइ छ ।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement