साउन १४, काठमाडौं । काठमाडौं उपत्यकामा ६० लाखभन्दा धेरै जनसंख्या छ । त्यसमध्ये २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् । तर, ४० लाख मानिसले अझै पनि प्रयोग गर्ने भनेको फुटपाथ नै हो । त्यही फुटपाथ पनि अतिक्रमणको लागि हानाथाप हुन्छ ।
दृष्टि भएकाहरुलाई त प्रयोग गर्न कठिन हुने सडकपेटी दृष्टिविहीनका लागि कस्तो होला ? यो मननयोग्य विषय हो । समग्रमा भन्दा काठमाडौं उपत्यकाका सडकपेटीहरु सुरक्षित भई ढुक्कसँग हिंड्न योग्य छैनन् ।
देशको संघीय राजधानी सहर काठमाडौंमा चिल्ला सडक, सफा अनि हृविलचियर र दृष्टिविहीनहरुका लागि आरामले हिंड्न मिल्ने सुविधासम्पन्न फुटपाथ हुनुपर्ने हो । तर, संघीय राजधानीको अवस्था त्यस्तो छैन । यहाँका फुटपाथमा पाइला पाइलामा अनगिन्ती अवरोध छन् ।
खाल्डो, फोहोर र अपूर्ण निर्माण यत्रतत्र भेटिन्छन् । धेरै ठाँउमा फुटपाथ नहुँदा सडकबाटै हिंड्नुपर्ने बाध्यता छ ।
सडकमा भएका फुटपाथ पनि साँघुरा छन् । तिनै साँघुरा फुटपाथमा बिजुली, इन्टरनेटलगायतका तार झुन्ड्याउने र पोलदेखि हुलाकका पत्र मञ्जुसा समेत राखिएको देख्न सकिन्छ । यी साँघुरा सडकमा रुख रोपेपछि त झनै हिंड्नै मुस्किल भएको छ ।
हेरौं फुटपाथको अवस्था तस्वीरहरुमा :
ललितपुरको पाटनस्थि अग्निशाला नजिकैको फुटपाथमा रहेको रुख ।
बानेश्वरस्थित फुटपाथमा सडक नै कब्जा गरेर पार्क गरिएका मोटरसाइकलहरू ।
सानेपास्थित फुटपाथमा लगाइएको रुखविरुवा ।
सानेपा सडकमा राखिएको निर्माण सामग्री ।
ललितपुरको लगनखेलस्थित सातदोबाटो सडकको फुटपाथ ।
काठमाडौंको दरबारमार्गस्थित भत्केको फुटपाथ ।
सातदोवाटो लगनखेलमा फुटपाथ भत्काएर सडकमै राखिएको निर्माण सामग्री ।
मंगलबजार सडक हुँदै गन्तव्यतर्फ जाँदै गरेका सर्वसाधारणहरु ।
त्रिपुरेश्वरमा पर्खाल भत्केपछि भित्तो समाएर फुपाथमा हिंड्दै गरेका यात्री ।
तस्वीर सौजन्य : न्यूज एजेन्सी नेपाल