ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

हिमाल दोलखा हाइड्रोपावरले भदौ ३ गते बोलायो साधारण सभा, ७५ % हकप्रद शेयर जारी गर्ने 

२०७९ साउन, १४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १४, काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरले वार्षिक साधारण सभा आगामी भदौ ३ गते बोलाएको छ । 

कम्पनीको साउन १३ बसेको सञ्चालक समितिको बैठकले १३ औं र १४ औं वार्षिक साधारण सभा काठमाडौंको नक्सालस्थित लिसारा हलमा गर्ने निर्णय गरेको हो । कम्पनीले ७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव सभामा लैजाने भएको छ।

कम्पनीले हाल कायम १ अर्ब ६० करोड रुपैयाँ चुक्तापूँजीको ७५ प्रतिशत अर्थात् १ बराबर शून्य दशमलव ७५ कित्ता शेयर अनुपातमा हकप्रद शेयर जारी गर्न तयारी गरेको हो ।  

सभाको साधारण प्रस्तावमा आर्थिक वर्ष २०७६ /०७७ र २०७७/ ०७८ को वार्षिक  प्रतिवेदन पारित गर्ने तथा कम्पनीको संस्थापक शेयरधनीहरुको तर्फबाट तीन जना र सर्वसाधारणतर्फबाट दुई जना सञ्चालक नियुक्ति गर्ने रहेको छ ।

यसैगरी अन्य  प्रस्तावमा आव २०७८/ ०७९को लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत रहेको छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement