ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

गत वर्षकै हाराहारीमा नेपालको आर्थिक वृद्धि, आगामी वर्ष ५ % : आईएमएफ

२०७९ साउन, १४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १४, काठमाडौं । बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष IMF ले सन् २०२२ मा नेपालले अघिल्लो वर्षकै हाराहारीमा आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको छ ।

आईएमएफले ‘वल्र्ड इकोनोमिक आउटलुक रिपोर्ट’ सार्वजनिक गर्दै सन् २०२२ मा नेपालले ४ दशमलव २५ आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको हो । नेपालले गत वर्ष अर्थात् सन् २०२१ मा पनि ४ दशमलव २ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण थियो ।

आईएमएफले आगामी वर्ष अर्थात् सन् २०२३ मा भने नेपालले ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण पनि गरेको छ । सन् २०२१ मा एशिया क्षेत्रको औसत आर्थिक वृद्धिदर ६ दशमलव ५  प्रतिशत थियो । तर, यसवर्ष ४ दशमलव २ प्रतिशतमा खुम्चने र आगामी वर्ष सामान्य बढेर ४ दशमलव ६ प्रतिशतमा सीमित हुने प्रक्षेपण छ ।

दक्षिण एशिया क्षेत्रमा भारतले सबैभन्दा उच्च अंकको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान छ । भारतमा सन् २०२१ मा ८ दशमलव ७ प्रतिशत आर्थिक वृद्धि देखिएकोमा सन् २०२२ मा ७ दशमलव ४ प्रतिशत र सन् २०२३ मा ६ दशमलव १ प्रतिशत मात्रै हासिल हुने आईएमएफले बताएको छ ।

त्यसैगरी, यस वर्ष मलेशियाले ५ दशमलव १ प्रतिशत, फिलिपिन्सले ६ दशमलव ७ प्रतिशत, भियतनामले ७ प्रतिशत र इन्डोनेशियाले ५ दशमलव ३ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने अनुमान छ । सबैभन्दा कमजोर आर्थिक वृद्धिदर भने म्यानमारको १ दशमलव ६ प्रतिशत र जापानको १ दशमलव ७ प्रतिशत रहने प्रक्षेपण छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement