ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बैतडीमा एक वर्षमा ३८ सयभन्दा बढी सवारीसाधन कारबाहीमा, कति उठ्यो राजस्व ?

२०७९ साउन, १४  
सुदूरपश्चिम प्रदेश
Image Not Found
प्रतिकात्मक तस्वीर ।

साउन १४, बैतडी । बैतडीमा गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लंघन गर्नेहरूबाट रू. २१ लाख राजस्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष ०७८/७९ मा सवारीसाधन कारबाहीबाट रू. २१ लाख १८ हजार राजस्व संकलन भएको हो । 

सो अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने तीन हजार आठ सय २६ सवारी साधनलाई कारबाही गरिएको छ, जसमा २ हजार ९३ जीप, कार र भ्यान, ४१५ ट्रक/ट्यांकर र ६४ बस रहेको कार्यालयले जनाएको छ । यस्तै, ७०२ मोटरसाइकल, ३०२ ट्र्याक्टर र १४० अन्य सवारीसाधन कारबाहीमा परेका छन् । 

सवारीसाधन चलाउँदा तीव्र गति भएका, सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएका, सिट बेल्ट तथा हेलमेट नलगाएका, मादकपदार्थ सेवन गरेका, क्षमताभन्दा धेरै यात्रु बोकेकालाई तोकिएको जरिवाना तिराइएको कार्यालय प्रमुख रामसिंह भण्डारीले जानकारी दिए । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement