ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

लघुवित्त कम्पनीहरू ब्याज खाएर बसेका छन्

२०७९ साउन, १५  
१० वर्ष अघि
NA

नेपालमा लघुवित्त कम्पनीको विकासको शुरुआत नेपाल राष्ट्र बैंकले गरेको हो । लघुवित्त कम्पनीको प्रमुख उद्देश्य ग्रामीण जनतामाझ सरल वित्तीय सेवा पुर्‍याउनु हो । जनतालाई निक्षेप संकलनमा विश्वास जगाउने कार्य लघुवित्त संस्थाले आफै गर्नुपर्छ । यसमा राष्ट्र बैंकले हस्तक्षेप गर्दैन । राष्ट्र बैंकले लघुवित्तमार्फत जाने कर्जाहरूलाई विविधीकरण गर्ने व्यवस्था गरेको छ । त्यसरी गरिएका व्यवस्था अनुसार लघुवित्त कम्पनीले कर्जा प्रवाह गर्न सक्नुपर्‍यो । ग्रामीण क्षेत्रमा बस्ने जनताको आवश्यकताअनुसार उनीहरूलाई चाहिने ट्रयाक्टर र जलविद्युत्को विकासमा विनाधितो कर्जा दिने व्यवस्था भएको हो । मौद्रिक नीतिअनुसार लघुवित्त कम्पनीले वाणिज्य बैंकबाट तीन प्रतिशत, विकास बैंकबाट २ दशमलव ५ प्रतिशत र वित्त कम्पनीबाट २ प्रतिशत कर्जा पाइरहेका छन् । तर लघुवित्त कम्पनीले त्यो कर्जा प्रवाह नगरीकन बैंक तथा वित्तीय संस्थामा निक्षेपमा राखेर ब्याज खाने प्रवृत्ति बढेको छ । कर्जा प्रवाह नगरी ब्याज खाने प्रवृत्ति रोक्न राष्ट्र बैंकले कुनै कदम चाल्नेछ । लघुवित्त कम्पनीलाई राष्ट्र बैंकले निक्षेप परिचालन र कर्जा प्रवाह गर्न दिएको हो, ब्याज खान भनेर दिएको होइन । लघुवित्त संस्थाहरूले आफूलाई चाहिने रकम आफैले निक्षेपमार्फत नै संकलन गर्नुपर्ने हो । सबै राष्ट्र बैंकले गर्छ भन्ने मानसिकताले लघुवित्त कम्पनीले सोचे अनुसार प्रगति गर्न नसकेका हुन् ।

(लघुवित्त व्यवस्थापन विभागका कार्यकारी निर्देशक गोपलप्रसाद काफ्लेसँगको कुराकानीबाट)
वर्ष ६ अंक १३ , शुक्रवार, १ असोज, २०६७

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement