ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

धरान स्मार्ट बसपार्क : संघको बजेट रोकियो, स्थानीय सरकारकै लगानी

२०७९ साउन, १५  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

साउन १५, धरान । संघीय सरकारसँगको संयुक्त लगानीमा धरान उपमहानगरपालिकामा निर्माण भइरहेको स्मार्ट बसपार्कका लागि यस वर्ष बजेट विनियोजन नभएपछि स्थानीय सरकारले आफ्नै बजेटबाट निर्माणलाई निरन्तरता दिएको छ । संघ र प्रदेश सरकारको ५०/५० प्रतिशत लगानीमा धरान उपमहानगरपालिका–८ मा निर्माणाधीन बसपार्कका लागि संघीय बजेट नपरेपछि धरान उपमहानगरपालिकाले आफ्नो स्रोतबाट काम अघि बढाएको हो ।

तत्कालीन नेतृत्वले बजेटका लागि पहल गर्न नसक्दा आर्थिक वर्ष २०७९/८० मा संघ सरकारबाट विनियोजन गरिनुपर्ने दोस्रो किस्ताबापतको रकम रोकिएको हो । संघले सम्झौता गरे अनुसारको रकम पाउन गतवर्षको पुस–माघमै क्रमागत बजेटका लागि कागजपत्र पठाइसक्नु पथ्र्यो । तर नेतृत्वले चासो नदिँदा बजेट विनियोजन नभएको बुझिएको छ ।

धरान उपमहानगरपालिका–८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजना अन्तर्गत स्मार्ट बसपार्क निर्माण हुँदै छ । उक्त बसपार्क २०८१ असार ३० गते सम्पन्न गर्नेगरी गीताञ्जली जेभी दुहबी सुनसरीले निर्माणको जिम्मा पाएको छ । बसपार्क निर्माणका लागि रू. ३२ करोड लागत अनुमान गरिएको छ । त्यसमध्ये रू. २२ करोडमा निर्माण सम्पन्न हुनेगरी ठेक्का लागेको छ ।

अघिल्लो वर्ष ठेक्का लागेको बसपार्क निर्माणका लागि संघले ३ वर्षमा साढे १२ करोड र स्थानीय सरकारको १२ करोड रुपैयाँ लगानी गर्ने संघ सरकारसँग सम्झौता भएको थियो । गत आर्थिक वर्षमा संघले साढे ४ करोड रुपैयाँ विनियोजन गरेको थियो । चालू आर्थिक वर्षमा भने संघको बजेट आउन नसकेको धरान उपमहानगरपालिकाका योजना महाशाखा प्रमुख ई. सुरज श्रेष्ठले बताए । ‘संघबाट बजेट नआए पनि धरान उपमहानगरपालिकाले विनियोजन गरेको ६ करोड रुपैयाँबाट निर्माणलाई निरन्तरता दिइएको छ,’ उनले भने, ‘त्यसैले काम रोकिहाल्नुपर्ने अवस्था छैन, माथिको बजेटका लागि पहल भइरहेको छ ।’

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement