ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सात जना स्टार्टअप इन्नोभेशनको ‘ग्य्राजुएशन’मा

२०७९ साउन, १५  
प्रदेश ०१
Image Not Found

विराटनगर (अस) । उद्योग संगठन मोरङले शुरू गरेको स्टार्टअप एन्ड इन्नोभेशन कार्यक्रमअन्तर्गत २० जनामध्ये पहिलो ब्याचका सात जनाले ‘ग्य्राजुएशन’मा भाग लिएका छन् । उनीहरू १ वर्षको अवधिमा उद्यमशील बनेका हुन् ।

संगठनले १ वर्षसम्म २० ओटा स्टार्टअप व्यवसायलाई निःशुल्क रूपमा व्यावसायिक योजना तर्जुमा, मार्गदर्शन एवम् परामर्श, अनुसन्धान र प्रयोगशाला परीक्षण सहजीकरण, सञ्जालीकरण र अन्तरक्रिया, व्यवसाय दर्ता, कानूनी एवं प्रशासनिक परामर्श, वित्तीय पहुँचका लागि लगानीकर्ता तथा बैंक एवम् वित्तीय संस्थासमक्ष समन्वय तथा सहजीकरण गरेर उद्यमशील बनाएको हो ।

स्र्टाटअपहरूलाई व्यावसायिक योजनाअनुरूप आवश्यक पर्ने प्राविधिक विषयमा मेन्टरशीप, कोचिङ तथा परामर्श सेवा, नेटवर्क विस्तारका साथै बुट क्याम्प आयोजना गरिएको संगठनले जानकारी दिएको छ । यसअन्तर्गत बिजनेश क्यानभास मोडेल, बिजनेश हेल्थ चेकअप, उपभोक्तासँग साक्षात्कार गराउन हाटबजार एवम् विभिन्न विषयगत कार्यक्रम आयोजना गरी परामर्श सेवा दिइएको थियो ।

वर्षभर गरिएको सहजीकरणबाट पहिलो ब्याचमा सहभागी १९ स्टार्टअपमध्ये ७ जनाले ग्य्राजुएशन समारोहमा भाग लिएका हुन् । पहिलो वर्षको अनुभवबाट सिक्दै थप प्रभावकारी रूपमा चालू वर्षका लागि थप २० स्टार्टअपका लागि प्रस्तावसमेत आह्वान गरिएको संगठनको स्टार्टअप समितिका संयोजक सुरेन्द्र गोल्छाले जानकारी दिए ।

कार्यक्रम कार्यान्वयनका लागि प्रदेशको उद्योग, श्रम तथा रोजगार मन्त्रालय, विराटनगर महानगरपालिका, स्वीस कन्ट्याक्ट, आसामान नेपाल, पूर्वाञ्चल विश्वविद्यालय, अन्तरप्रेरणा प्रालि, नबिल बैंक लिमिटेड, नेपाल युवा उद्यमी मञ्चलगायत संस्थासँग सहकार्य गरिएको गोल्छाले बताए ।

एक वर्ष अवधि रहने दोस्रो ब्याचको कार्यक्रममा प्रदेश १ का नवीन व्यावसायिक अवधारणा भएका तथा स्तरोन्नतिको सम्भावना भएका, बढीमा २ वर्षदेखि सञ्चालनमा रहेका शुरुआती अवस्थाका नवीन उद्यमहरू सहभागी हुन सक्छन् । यो कार्यक्रमले नवीन व्यावसायिक अवधारणा, स्तरोन्नति तथा अनुसरण गर्ने सम्भावना भएका, चालू उद्योग व्यवसायको अग्र वा पृष्ठ सम्बन्ध कायम हुने वा हुन सक्ने सम्भावना भएका, महिला उद्यमी, वैदेशिक रोजगारीबाट फर्केका युवाको आइडियालाई विशेष ग्राह्यता दिने गरी प्राथमिकता निर्धारण गरेको छ ।

नयाँ प्रस्ताव पेश गर्ने निवेदकलाई भदौ १० गतेसम्म समय तोकिएको छ । आवेदन अनलाइनबाट पनि दिन सकिने बताइएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement