ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एनसीसी बैंकको २६ लाखभन्दा बढी संस्थापक शेयर विक्रीमा

२०७९ साउन, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १५, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक समूहको संस्थापक शेयर बोलपत्रद्वारा सर्वसाधारणका लागि विक्रीमा ल्याएको छ । कम्पनीले संस्थाका संस्थापक शेयरधनी अथवा कम्पनीको नाममा  रहेको २६ लाख ३१ हजार १३६ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । 

उक्त संस्थापक शेयरमा विद्यमान संस्थापक शेयरधनी लगायन अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले साउन २२ गतेसम्म  गोप्य शिलबन्दी बोलपत्रद्वारा आवेदन पेश गर्नुपर्नेछ । संस्थापक शेयरको मूल्य न्युनतम प्रतिशेयर रू. १३१ रहेको छ । 

बोलपत्र पेस गर्दा न्युनतम १००० कित्ता र अधिकतम २६ लाख ३१ हजार १३६ कित्ताका लागि आवेदन दिन सकिने छ। यस लिलामी प्रक्रियाको बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेड रहेको छ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement