ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सनराइज ब्लूचिप फण्डको न्याभ ८.८२ 

२०७९ साउन, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १५, काठमाडौं । सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज ब्लुचिप फण्डको नोक्सानी घटेको छ । योजनाले सार्वजनिक गरेको असार मसान्तसम्मको वित्तीय विवरण अनुसार उक्त अवधिसम्म यो फण्ड रू. १५ करोड ४५ लाखभन्दा बढी नोक्सानीमा छ । जेठ मसान्तसम्म फण्ड रू. १६ करोड ३३ लाखभन्दा बढी नोक्सानीमा थियो । 

जेठमा रू. २ करोड ५ लाखभन्दा बढी खर्च गरेको फण्डले असारमा रू. २ करोड २३ लाखभन्दा बढी खर्चिएको छ । 

असार मसान्तसम्म योजनाको प्रतिएकाई खुद सम्पत्ति (न्याभ) मूल्य रू. ८ दशमलव ८२ रहेको छ । वैशाख मसान्तसम्म फण्डको यो मूल्य रू. ८ दशमलव ७५ रहेको थियो । 

फण्डको सूचीकृत शेयरमा लगानी बढेको छ । जेठमा फण्डले रू. ५७ करोड ५० लाख सूचीकृत शेयरमा लगानी गरेकोमा असारमा यस्तो लगानी रू. ६२ करोड ६६ रहेको छ । योजनाले बैंक मुद्दती निक्षेपमा रू. १७ करोड ५० लाख लगानी गरेको छ । 
 
वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement