ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

साढे ९३ प्रतिशतभन्दा बढी विद्युत् विक्री गरेको नेशनल हाइड्रोपावरको खुद नोक्सानी घट्यो 

२०७९ साउन, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १५, काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ करोड ७४ लाख रूपैयाँ खुद नोक्सानीमा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद नोक्सानीमा कमी आएको हो । अघिल्लो आवको यस अवधिसम्म कम्पनी २ करोड २१ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको थियो ।

गत आवमा कम्पनीले अघिल्लो आवभन्दा ९३ दशमलव ५० प्रतिशत बढी विद्युत् विक्रीबाट आम्दानी गरेको छ । अघिल्लो आवमा २ करोड ५४ लाख रूपैयाँभन्दा बढी विद्युत् विक्रीबाट आम्दानी गरेको कम्पनीले गत आवमा ४ करोड ९१ लाख रूपैयाँभन्दा बढी यो आम्दानी गरेको हो । वित्तीय खर्च पनि अघिल्लो आवभन्दा करिब ६२ प्रतिशत कम भएको छ । अघिल्लो आवमा १ करोड ५१ लाख रूपैयाँ वित्तीय खर्च भएको कम्पनीको गत आवमा ५७ लाख रूपैयाँभन्दा बढी मात्र यो खर्च भएको हो ।

१८ दशमलव ५२ प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीको चुक्तापूँजी १ अर्ब ६४ करोड २५ लाख १६ हजार रूपैयाँ कायम भएको छ । कम्पनीको जगेडा कोष रकम पनि अघिल्लो आवसम्म ३५ करोड ५१ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेकोमा गत आवमा सुधारिएर १ करोड ७० लाख रूपैयाँभन्दा बढी कायम भएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १०० रूपैयाँ ९४ पैसा छ ।

रिपाेर्ट हेर्न यहाँ क्लििक गर्नुहाेस्

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement