साउन १५, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी पाँच वर्षभित्र वार्षिक ७० अर्बको विद्युत् निर्यात गर्ने लक्ष्य रहेको बताएका छन् ।
आइतवार काठमाडौंमा आयोजित ‘क्रस बोर्डर इनर्जी ट्रेड (सीबीईटी) विथ फोकस अन ओपन एक्सेस एन्ड ट्रान्समिसन प्राइसिङ’ विषयक कार्यशालामा उनले यस्तो बताएका हुन् ।
चालू आर्थिक वर्षमा भने २० अर्बको विद्युत् निर्यात गर्ने लक्ष्य रहेकाे उनले बताए । ‘आजको दिनसम्म करिब ५ अर्बको विद्युत् निर्यात गरेको छौं । अब थप १५/१६ अर्बको निर्यात गर्न सक्छौं,’ उनले भने । गत आवमा भने नेपालले साढे ४ अर्बको विद्युत् निर्यात गरेको थियो ।