ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

जेठ महीनाको तुलनामा असार महीनामा प्रभु सेलेक्ट फण्डको न्याभ बढ्यो

२०७९ साउन, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १५, काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले असार महीनाको खुद सम्पत्ति मूल्य विवरण आइतवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार फण्डको न्याभ जेठ महीनाको तुलनामा असार महीनामा बढेको छ ।  

जेठ मसान्तसम्म फण्डको न्याभ रू. ९ दशमलव ६९ रहेकोमा असार मसान्तसम्ममा बढेर रू. ९ दशमलव ८२ पुगेको हो । त्यसैगरी फण्डले असार मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ४२ करोड ३८ लाख लगानी गरेको छ ।  यो लगानी जेठ मसान्तसम्ममा रू. ४० करोड ५७ लाख थियो । यसरी हेर्दा फण्डको सूचीकृत धितोपत्रमा लगानी बढेको देखिन्छ । त्यसैगरी फण्डको नोक्सानी जेठ महीनाको तुलनामा असार महीनामा घटेको छ ।

 जेठ मसान्तसम्ममा फण्ड रू. ३ करोड ६ लाख नोक्सानीमा रहेकोमा असार मसान्तसम्ममा रू. १ करोड ५० लाखमा झरेको हो । असार मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. ८६ लाख ३२ हजार धनात्मक रहेकोले नोक्सानी घटेको हो । जेठ मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. ९० लाख १६ हजार ऋणात्मक थियो ।

रिर्पोट हेर्न यँहा क्लिक गर्नुहोस 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement