ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोवार ?

२०७९ साउन, १५  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १५, काठमाडौं। स्थानीय बजारमा आइतवार सुनको मूल्य प्रततोला २०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रूपैयाँ कायम भएको छ । अघिल्लो कारोवार दिन अर्थात् शुक्रवार सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रूपैयाँमा कारोवार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। यो दिन चाँदी प्रतितोला १० रूपैयाँले बढेर १ हजार २३० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार २२० रूपैयाँमा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा पनि यो दिन सुनको मूल्य बढेको छ । यो दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ७६६ दशमलव १५ डलर पुगेको छ ।

आज डलरको मूल्य भने स्थिर छ । यो दिन एक अमेरिकी डलरको विक्रीदर १२७ रूपैयाँ ११ पैसा कायम भएको छ । अघिल्लो दिन‌ पनि एक अमेरिकी डलरको विक्रीदर १२७ रूपैयाँ ११ पैसा थियो ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement