ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नेपाल फाइनान्सले संस्थापक शेयर लिलामीमा विक्री गर्ने

२०७९ साउन, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १५, काठमाडौं । नेपाल फाइनान्सले साउन २३ गतेदेखि ११ लाख ३४ हजार ७१६ दशमलव १८७ कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ । यस लिलामीमा शेयरमा कम्पनीकै संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

शेयरको मूल्य न्यूनतम प्रतिकित्ता रू. १०० तोकिएकोले सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदकले बोलपत्र पेश गर्न सक्नेछन् । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।  
 
भदौ ६ गतेसम्म आवेदकले बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीले यसअघि असार १७ गतेदेखि  २४ गतेसम्म संस्थापक समूहको ११ लाख ३६ हजार ७१६ दशलमव १८७ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६ दशमलव २७५ कित्ता शेयर लिलामीमार्फत विक्री खुलाएकाे थियो । सो समयमा विक्री नभएको संस्थापक समूहको शेयर कम्पनीले पुन: लिलामीमा ल्याउन लागेको हो । शेयरकाे विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

आवेदकले नेपाल फाइनान्सको केन्द्रीय कार्यालय र विभिन्न शाखा कार्यालयहरू, प्रभु बैंकको विराटनगर, वीरगन्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयहरूबाट लिलामी शेयरमा आवेदन दिन सक्नेछन् । 

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement