ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

पीपीए गरेर होल्ड राखिएका १६ सय मेगावाटका जलविद्युत् आयोजनाको सम्झौता खारेज गर्ने तयारी 

२०७९ साउन, १५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १५, काठमाडौं । सरकारले पीपीए गरेर होल्ड राखिएका १६ सय मेगावाटका जलविद्युत् आयोजनाको सम्झौता खारेज गर्ने तयारी गरेको छ । 

आइतवार काठमाडौंमा आयोजित ‘क्रस बोर्डर इनर्जी ट्रेड (सीबीईटी) विथ फोकस अन ओपन एक्सेस एन्ड ट्रान्समिसन प्राइसिङ’ विषयक कार्यशालामा ऊर्जामन्त्री पम्फा भुसालले पीपीए गरी निर्माण शुरू नगरिएका १६ सय मेगावाटका जलविद्युत् आयोजनाको सम्झौता खारेज गर्ने तयारी थालेको बताएकी हुन् । 

ती आयोजना होल्डमा राखिँदा थप जलविद्युत् आयोजनासँग पीपीए गर्न कोटा नपुगेकोले सम्झौता खारेज गरिन लागिएको उनले बताइन् । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement