साउन १५, काठमाडौ । बेलकोटगढी नगरपालिकाले करारमा कर्मचारी माग गरेको छ ।
पालिकाले वित्तीय साक्षरता सहजकर्ता पदका लागि १ जना लघु उद्म सहजकर्ता पदका लागि १ जना गरि जम्मा २ जना कर्मचारी माग गरेको हो ।
नगरपालिकामा संचनलित संघिय सशर्त अनुदानको कर्यक्रमका लागि कर्मचारी आवश्यक भएको पालिकाले जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेका उमेरदवारले यहि साउन २९ गते सम्म नगर कार्यपालिकाको कार्यालयमा दरखास्त दिन सक्नेछन् ।