ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

ऋणपत्र निष्कासन गर्न हिमालयन बैंक र बैंक अफ काठमाण्डूले पाए अनुमति, ब्याजदर कति ?

२०७९ साउन, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १५, काठमाडौं । हिमालयन बैंक र बैंक अफ काठमाण्डूले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ऋणपत्र निष्कासन गर्न अनुमति पाएका छन् ।

दुवै बैंकले गत शुक्रवार ऋणपत्र निष्कासन गर्न अनुमति पाएका हुन् । अनुमति पाएसँगै बैंक अफ काठमाण्डूले ११ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । कम्पनीले वार्षिक १० दशमलव ५ प्रतिशत ब्याजदरमा आगामी ७ वर्षसम्मका लागि ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो । विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले कुल कित्तामध्ये ४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको ६ लाख ६० हजार कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।

त्यसैगरी, हिमालयन बैंकले २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले वार्षिक १० दशमलव ५ प्रतिशत ब्याजदरमा आगामी ७ वर्षका लागि ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

कम्पनीले कुल कित्तामध्ये १० लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement