ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

४४ अर्ब डलरको सम्झौता विवाद : ट्विटरविरुद्ध मस्कले उल्टै हाले मुद्दा

२०७९ साउन, १५  
अन्तरराष्ट्रिय
Image Not Found

सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी खर्बपति व्यापारी एवं विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकका प्रमुख कार्यकारी अधिकारी एलन मस्क र घरेलु माइक्रोब्लगिङ वेबसाइट ट्विटरबीच अहिले घम्साघम्सी चलिरहेको छ । ४४ अर्ब डलरमा कम्पनी किन्ने प्रस्ताव गरेका मस्क सो सम्झौताबाट पछि हटेपछि ट्विटरले उनीमाथि मुद्दा हालेको थियो ।

अहिले मस्कले कम्पनीको सो मुद्दाविरुद्धै मुद्दा हालेका छन् । अप्रिलमा मस्कले कम्पनी किन्ने प्रस्ताव गरेका थिए । सो सम्झौता जसरी पनि मस्कले पूरा गर्नुपर्छ भन्ने दाबी ट्विटरको छ । त्यति बेला मस्कले ट्विटरको प्रतिकित्ता शेयर ५४ डलर २ सेन्टमा किन्ने प्रस्ताव गरेका थिए ।

तर, कम्पनीले आफूलाई झुठा अनि नक्कली खाताबारे भ्रममा राखेको भन्दै उनले जुलाई ८ मा सम्झौता रद्द गर्न लागेको घोषणा गरे । त्यसको केही दिनपछि नै ट्विटरले मस्कमाथि मुद्दा हालेको थियो । मस्कले आफ्नो वाचाबाट पछाडि हट्न नक्कली र स्पाम खाताको अड्को थापेको दाबी ट्विटरले गरेको छ । 

मस्कले १६४ पृष्ठको प्रतिदाबीलाई गोप्य भनेर बुझाएका छन् । यसअघि सम्झौतासम्बन्धी कानूनी मुद्दामा आगामी वर्षको फेब्रुअरीमा २ हप्तासम्मको पेशीको समय दिइएको थियो । अब भने डेलावेष्र राज्यको चान्सरी अदालतले मस्कले अनुरोध गरे अनुसार अक्टोबर १७ मा पाँच दिनको पेशी राखेको छ । शुक्रवार बजार बन्द हुँदा ट्विटरको शेयर मूल्य प्रतिकित्ता ४१ डलर ६१ सेन्टमा आएर  बन्द भएको थियो ।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement