ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

दुई महीनापछि २२ सय विन्दुकाे नजिक पुग्याे नेप्से

२०७९ साउन, १५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन १५, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक ५४ दशमलव ५८ अंक बढेको छ । यस दिन परिसूचक २ हजार १९५ दशमलव १० विन्दुमा पुगेको हो । नेप्से दुई महीनापछि २२ सय विन्दुकाे नजिक पुगेकाे हाे । यसअघि गत जेठ १६ गते नेप्से २२ सय विन्दुकाे नजिक थियाे । उक्त दिन काराेबार बन्द हुँदा नेप्से २ हजार १७३ विन्दुमा थियाे । 

कारोबारमा आएका २२० धितोपत्रको १ करोड १३ लाख ३९ हजार ४८६ कित्ता शेयर ६७ हजार ७४१ पटकमा रू. ४ अर्ब ६० करोड ९९ लाख ७१ हजार २७१ बराबरको शेयर खरीदविक्री भएको छ ।

बजार बढ्दा लगानीकर्ताको आकर्षण इन्स्योरेन्स कम्पनीको शेयरमा परेको छ । सोही कारण अधिकांश कम्पनीको शेयर मूल्य सर्किट लेबलमा वृद्धि भएको छ ।

पछिल्लाे समय मर्जरको कारण १६ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का छ । कारोबारमा आउने थोरै इन्स्योरेन्स कम्पनी छन् । सोही कारण सप्लाई कम भएकाले खरीदकर्ताको आकर्षण रहेको हो ।

त्यसैगरी, मर्जमा गएका कम्पनीहरूको कारोबार रोक्का पनि लामो समयसम्म नहुने भएपछि लगानीकर्ताहरू उत्साहित बनेको देखिन्छ । 

यसो त राम्रा कम्पनीकै भाउ निकै तल झरिसकेको छ । मर्जमा नगएका कम्पनीले पनि बीमा समितिले तोकेको न्यूनतम पुँजी पुर्‍याउन आकर्षक लाभांश दिनुपर्ने हुन्छ । यसकारण पनि लगानीकर्ता बीमा समूहमा आकर्षित भएको लगानीकर्ता दिपक सिंह धामीले बताए । शेयर बजारमा लगानी गर्दा बजारको ट्रेण्ड र कम्पनीको आधारभुत तथा प्राविधिक पक्ष केलाउनुपर्ने जानकारहरूकाे सुझाव छ ।  

यस दिन कारोबारमा आएका २२० धितोपत्रमध्ये ५ धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।

त्यसैगरी, गुडवील फाइनान्स लिमिटेड २०८३ नामक ऋणपत्रको मूल्य सबैभन्दा बढी ३ दशमलव ९४ प्रतिशत घटेको छ । ऋणपत्र मूल्य प्रतिकित्ता रू. १ हजार ७४ मा झरेको हो । त्यसैगरी दोस्रोमा नेशनल हाइड्रोपावरको शेयर मूल्य ३ दशमलव ३० प्रतिशत घटेर रू. २७५ दशमलव ५० कायम भएको छ ।

यस कम्पनीले आजै गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको हो । उक्त वित्तीय विवरण अनुसार कम्पनी नोक्सानीमा रहेको छ । सोही कारण यस कम्पनीको शेयरमा क्रेता भन्दा विक्रेता हावी हुँदा शेयर मूल्य घटेको हो ।

यस दिन सर्वाधिक शेयर खरीदविक्री शिवम् सिमेन्टको भएको छ । कम्पनीको रू. २१ करोड ३४ लाख बराबरको शेयर खरीदविक्री भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८१८ कायम भएको छ ।

त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नेपाल दुरसञ्चार कम्पनीको रू. १५ करोड २३ लाख बराबरको भएको हो । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये वित्त समूहको १ दशमलव ६० प्रतिशत घटेको छ भने बाँकी सबै समूहको समूहगत परिसूचक समग्र बढेसँगै नेप्से परिसूचक बढेको हो ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये सबैभन्दा बढी लगानी समूहको परिसूचक ४ दशमलव ७६ प्रतिशत वृद्धि भएको छ ।

त्यसैगरी निर्जीवन बीमा समूहको परिसूचक ४ दशमलव ५१ प्रतिशत र जीवन बीमा समूहको परिसूचक ४ दशमलव १६ प्रतिशत वृद्धि भएको हो । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement