ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

घोराही सिमेन्टले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, सेबोनमा दियाे निवेदन

२०७९ साउन, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १५, काठमाडौं । घोराही सिमन्ट इन्डस्ट्री लिमिटेडले प्रिमियममा रू. ३ अर्ब ४४ करोड १६ लाख बराबरको आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ निष्कासन गर्नका लागि नेपाल धिताेपत्र बाेर्ड (सेबोन) मा निवेदन दिएको हो, जसमध्ये ३ लाख ९७ हजार १९० कित्ता शेयर स्थानीय बासिन्दाको लागि र ७५ लाख ४६ हजार ६११ कित्ता सर्वसाधारणको लागि निष्कासन गरिनेछ ।

शेयरकाे विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले अंकित मूल्यमा प्रिमियम रकम थप गरी आईपीओ निष्कासन गर्न लागेकाे हाे । कम्पनीले स्थानीयको लागि प्रतिकित्ता रू. ४०० र सर्वसाधारणको लागि प्रतिकित्ता रू. ४३५ मा आईपीओ निष्कासन गर्नेछ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement