ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त, आजै शपथको तयारी 

२०७९ साउन, १५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १५, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ । यसअघि प्रधानमन्त्री देउवाले नै अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए । 

अर्थमन्त्री शर्मालाई आजै शपथ ग्रहण गराउने तयारी रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेपछि गत असार २२ मा तत्कालीन अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएका थिए ।

त्यसअघि सोही दिन प्रतिनिधिसभाले उनीमाथि छानबिनका लागि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरेको थियो । उक्त समितिको प्रतिवेदनमा शर्मालाई ‘क्लिन चिट’ दिइएको छ ।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement