काठमाडौं (अस) । एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ । बैंकले निक्षेप रकमको १० गुणासम्म मुद्दती रकम ग्राहकले फिर्ता पाउनेगरी उक्त योजना सार्वजनिक गरेको हो । सोही योजनामा ५ वर्षका लागि रू. ८४ लाखसम्मको बीमा सुविधासमेत रहेको बैंकले जानकारी दिएको छ ।