ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एनआईबीएल एस क्यापिटल ११औं वर्षमा

२०७९ साउन, १६  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । एनआईबीएल एस क्यापिटल सञ्चालनमा आएको १० वर्ष पूरा भएको छ । एक दशक अवधिमा यो कम्पनी १८८ कम्पनीको आईपीओ तथा विभिन्न कम्पनीको हकप्रद शेयर निष्कासनका लागि विक्री प्रबन्धक भइसकेको छ । हाल ५१ कम्पनीको शेयर रजिष्ट्रारको रूपमा काम गरिरहेको कम्पनीले बताएको छ ।

एनआईबीएल एस क्यापिटल नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्व रहेको कम्पनी हो । १० वर्ष पूरा गरेको अवसरमा कम्पनीले डिम्याट नवीकरण लगायतमा विभिन्न अफर सार्वजनिक गरेको छ । डिम्याट खाताको १० वर्षको शुल्क अग्रिम भुक्तानी गर्दा १० वर्ष स्वतः नवीकरण गरिने र ‘धन्यवाद अफर’मा १० जना भाग्यशालीलाई १० हजार रुपैयाँ बराबरको इकाइ प्रदान गरिने कम्पनीले बताएको छ । फेसबुक लाइभ गरेर गोलाप्रथा प्रणालीबाट विजेता छनोट गरिने बताइएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement