ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सानिमा बैंकको मोबाइल बैंकिङ एप चलाउन निःशुल्क इन्टरनेट

२०७९ साउन, १६  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सानिमा बैंकले ग्राहकलाई निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । बैंकले ‘नो डेटा नो प्रब्लम’ योजना अन्तर्गत मोबाइल बैंकिङ एप चलाउन निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको हो ।

योजना अन्तर्गत नेपाल टेलिकम वा एनसेलका प्रयोगकर्ता बैंकका ग्राहकले सानिमा मोबाइल बैंकिङ एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डेटा पाउनेछन् । एप प्रयोगकर्ताले एपमा रहेका फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्यूआर कोड भुक्तानी, मोबाइल टपअप लगायत सेवा प्रयोग गर्दा निःशुल्क इन्टरनेट डेटा प्रयोग गर्न पाउने बैंकको भनाइ छ । उक्त योजना (आज) सोमवारदेखि लागू हुनेछ । डिजिटल बैंकिङको अधिकतम प्रयोग र नगदरहित कारोबारलाई प्रोत्साहन गर्न सो सेवा उपलब्ध गराउन लागिएको बैंकले बताइएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement