काठमाडौं (अस) । सानिमा बैंकका ग्राहकले नमस्ते पे वालेटमा रकमान्तर गर्न सक्ने भएका छन् । ग्राहकले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ लगइन गरी रकमान्तर गर्न सक्ने भएका हुन् । मोबाइल बैंकिङ एपमार्फत फन्ड लोड गर्ने प्रणालीको व्यवस्था पनि चाँडै गरिने बैंकले बताएको छ । बैंकले मोबाइल बैंकिङ एपबाट ईसेवा, खल्ती र नमस्ते पे वालेटमा सेवा उपलब्ध गराउँदै आएको छ । डिजिटल बैंकिङको अधिकतम प्रयोग र नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले सो सुविधा उपलब्ध गराइएको बैंकले बताएको छ ।