काठमाडौं (अस) । नेपालका लागि टीभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले ‘बब्बाल फाइनान्स अफर’ सार्वजनिक गरेको छ । कम्पनीले अफर अन्तर्गत मोटरसाइकल र स्कुटर २० प्रतिशत अग्रिम भुक्तानीमा उपलब्ध गराइने बताएको छ । २० प्रतिशत अग्रिम भुक्तानी सुविधा वा न्यूनतम ईएमआई क्रमशः जुपिटरमा ३ हजार ९०८, एनटर्क स्क्वाड एडिसनमा ५ हजार २५४ र अपाचे आरटीआर २०० फोरभी मा ६ हजार ८२२ रुपैयाँमा खरीद गर्न सक्ने कम्पनीको भनाइ छ ।
त्यस्तै अपाचे आरटीआर २००४ भीको नगद खरीदमा ग्राहकले टीभीएस चार्जिङ ज्याकेट निःशुल्क पाउनेछन् । ग्राहकले कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ खरीद गर्दा उत्कृष्ट मूल्यांकन गरिने कम्पनीले बताएको छ । अफर अन्तर्गत ग्राहकले झन्झटमुक्त कागजात प्रक्रियाबाट टीभीएस मोटरसाइकल तथा स्कुटर खरीद गर्न सक्ने कम्पनीको भनाइ छ ।