ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सूचकांकका आधारमा किसानलाई बाढी बीमा

२०७९ साउन, १६  
सुदूरपश्चिम प्रदेश
NA

कैलाली । कैलालीका दुई र बर्दियाका तीन स्थानीय तहमा बाढीका कारण हुने कृषि क्षेत्रको नोक्सानीलाई दृष्टिगत गर्दै कर्णाली नदीको बाढीको सतह मापन सूचकांकका आधारमा बाढी बीमा कार्यक्रम लागू गरिएको छ ।

प्राक्टिल एक्सनलगायत विभिन्न गैरसरकारी संस्थाको समन्वय तथा शिखर इन्स्योरेन्स कम्पनीले किसानले लगाएको बालीको बीमा गर्ने र कर्णाली नदीको बाढी मापन केन्द्रको सूचकलाई आधार मानेर बीमाको भुक्तानी गर्ने गरी पाइलट प्रोजेक्टका रूपमा कार्यक्रम लागू भएको हो ।

अब किसानले बाढी नआए पनि बीमाबापतको पाउनुपर्ने रकम नदीको पानीको सतहको मापनका आधारमा प्राप्त गर्नेछन् । कर्णाली नदीको चिसापानीमा भएको पानीको मापन केन्द्रको तथ्यांकलाई आधार मानेर इन्स्योरेन्स कम्पनीले बीमाबापतको १० देखि शतप्रतिशत रकम पाउने व्यवस्था मिलाइएको छ ।

त्यसका लागि किसानले ७ प्रतिशत बीमा प्रिमियम इन्स्योरेन्स कम्पनीलाई तिर्नुपर्नेछ । कार्यक्रम कर्णाली नदीको तटीय क्षेत्रमा रहेका कैलालीका टीकापुर नगरपालिका र जानकी गाउँपालिका तथा बर्दियाको मधुवन नगरपालिका, राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा कर्णाली नदीको पानीको सूचकांक मापनका आधारमा हुन सक्ने क्षतिको आकलन गरेर किसानलाई विनाझन्झट बीमा रकम भुक्तानी हुने गरी कार्यक्रम ल्याएको छ ।

उक्त भुक्तानीको प्रक्रिया एक हप्ताको हुनेछ । किसानले भएको क्षतिबापत रकम एक हप्तामा प्राप्त गर्नेछन् । कर्णाली नदीमा १० दशमलव ८० मिटरसम्म पानीको सतह पुग्दा किसानले १० प्रतिशत बीमाबापतको रकम प्राप्त गर्नेछन् । त्यस्तै ११ दशमलव ८१ देखि १२ दशमलव ८० मिटर पानीको मापन भएपछि २५ प्रतिशत, १३ दशमलव ८० मिटरदेखि १४ दशमलव ८१ पानीको मापन भएमा ७५ प्रतिशत र १४ दशमलव ८० भन्दा बढी पानीको सतह मापन भएमा किसानले शतप्रतिशत बीमा बापतको रकम प्राप्त गर्नेछन् । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement