ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

प्रभु र सेञ्चुरी बैंकबीच मर्जर सम्झौता

२०७९ साउन, १६  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । प्रभु बैंक र सेञ्चुरी बैंकबीच मर्जरका लागि प्रारम्भिक सम्झौता भएको छ । मर्जरमा जाने सम्बन्धमा दुई बैंकले आइतवार समझदारी गरेका हुन् । आगामी पुस मसान्तभित्रै एकीकृत कारोबार गर्नेगरी मर्जरसम्बन्धी समझदारी भएको हो ।

यी दुई बैंकबीच स्वाप रेशियो १ः१ रहनेगरी मर्जरको सम्झौता गरिएको सोतले बताएको छ । यसअघि स्वाप रेशियोमा कुरा नमिल्दा मर्जर सम्झौता हुन सकेको थिएन । मर्जरपछि बैंकको नाम प्रभु रहने र प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रभु बैंकका सीईओ अशोक शेरचन नै रहने सहमति भएको छ । हाल सेञ्चुरी बैंकको चुक्तापूँजी ९ अर्ब ५५ करोड र प्रभुको चुक्तापूँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement